
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडौं -१४ चैत।
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
लेखकलाई शनिबार विहनै सूर्यविनायकस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । भदौ २३ र २४ मा भएको जेन जी आन्दोलनको सम्वन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार गरेको प्रतिवेदनको आधारमा उनलाई पक्राउ गरिएको हो ।
मुलुकमा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा बनेको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले कार्की आयोगको प्रतिवेदनलाई तत्काल कार्यन्वयन गर्ने निर्णय गरेको थियो । आयोगको सिफारिस अनुसार आज (शनिबार) बिहानै ५ बजे भक्तपुरस्थित लेखकको घरबाटै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
त्यसकै केही केही बेरपछी तत्कालिन प्रधानमन्त्री एवं् नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली पनि पक्राउ परेको बताइएको छ । आयोगको प्रतिवेदनमा मुलुकी फौजदारी संहिताको दफा नं.१८१ र दफा १८२ बमोजिम उहाँहरुलाई कारबाही गर्न दिएको सिफारिस अनुसार वली र लेखकलाई पक्राउ गरिएको हो ।
पूर्वगृहमन्त्री लेखक र तत्कालिन प्रधानमन्त्री वलीलाई पक्राउ गरी उक्त दफा लापरबाहीपूर्ण र हेलचेर्क्याइँ गरेर ज्यान लिएको भन्ने कसुरमा कारबाही हुने उल्लेख छ ।








प्रतिक्रिया दिनुहोस