आज: २०८२ चैत्र १४, शनिबार | Sat, 28, Mar, 2026

नेपाल पुन : अस्थिरताको भुमरीमा पर्ने खतरा

२०८२ चैत्र १४, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) २१८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -१४ चैत।

वरिष्ठ समाजसेवी एवम राप्रपाका नेता शोभित उप्रेतीले नयाँ सरकार निर्माणसंगै देश नयाँ द्वन्दको चरणमा प्रवेश गरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उपेतीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउले मुलुक नयाँ द्वन्द्वमा जाने खतरा औंल्याएका हुन् । उनले नेपाल पुन :अस्थिरताको भुमरीमा पर्ने सम्भावना देखिएको समेत उल्लेख गरेका छन् ।

मुलुक जोगाउन सबै शक्तिहरुबीच संवाद,सहकार्यमार्फत नयाँ शक्ति सन्तुलन खोज्नुपर्ने उनले उल्लेख गरेका छन् । सबै शक्तिहरुबिचको संतुलनले मात्र रास्ट्रको कल्याण हुने उनले प्रष्ट पारेका छन् ।

देशमा अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेल निकै बढेको संकेत गदै उनले शक्ति राष्ट्रको परीक्षण स्थल नेपाल बन्न नहुने उनको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस