आज: २०८२ चैत्र २१, शनिबार | Sat, 04, Apr, 2026

पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि नेपालमा छलफल

२०८२ चैत्र २१, शनिबार मा प्रकाशित ( ५ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौं -२१ चैत ।

पर्यावरणीय सभ्यता भएमात्रै दीगो विकास सम्भव भएकाले चिनियाँ राष्टपति सि जिनपिङको अवधारणा विश्वभर लागू हुनुपर्ने विज्ञहरूले बताएका छन् ।

फ्रेन्ड्स अन द क्लाउड, प्लेटफर्म अफ इन्फ्लुएन्सर्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अर्थविद् डा.चन्द्रमणि अधिकारी, डा.धर्म उप्रेती, डा.सञ्जयनाथ खनाल, संविधानसभा सदस्य विनोद पहाडी र संस्थाका अध्यक्ष शोभित उप्रेतीले वातावरणीय सभ्यता, चीनले अवलम्बन गरेको अभ्यास र नेपालले ध्यान दिनुपर्ने विषयमा यस्तो धारणा राख्नु भएको हो ।

कार्यक्रममा बोल्दै अर्थविद् अधिकारीले प्रकृतिलाई विश्वविद्यालय मानेर हिंड्नुपर्ने र हरेक मानवको पहिलो विश्वविद्यालय प्रकृति नै भएको उल्लेख गरे । निश्छल जल र हरित पहाडको सिद्धान्त आजको आवश्यकता भएको जनाउँदै उनले प्रकृतिबाट टाढा भए राजनीति, अर्थनीति, संस्कार र संस्कृति नै दुषित हुने बिचार व्यक्त गर्नु भयो ।

डा. धर्म उप्रेतीले माटो, जल, हावा र ध्वनी सभ्यताको चर्चा गर्दै पर्यावरणीय सुधारका लागि राजनीतिक प्रतिबद्ता अनिवार्य रहेको धारणा राखे ।

त्यसैगरी कार्यक्रममा डा. सञ्जयनाथ खनालले दीगो विकासको मान्यतालाई आत्मसात गर्दै सुरक्षित र अझ सुन्दर पृथ्वी आउँदो पिंढीलाई हस्तान्तरण गर्नुपर्ने धारणा राखे ।

संविधानसभा सदस्य पहाडीले नेपालका पहाड नाङ्गो हुंदै गएकोमा चिन्ता व्यक्त गर्दै विकास र वातावरण संरक्षणमा सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले विकासका लागि पर्यावरणीय सभ्यताको अवधारणा सन् २००५ मा ल्याएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस