
नारी बाटिका
नारी वाटिका संवाददाता
काभ्रेपलाञ्चोक -२५ चैत ।
गृहमन्त्री सुधन गुरुङ गत सालको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग अन्तर्गतको रोशी क्षेत्रम अनुगमन–निरीक्षण गर्दै प्रभावित क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका मापदण्ड विपरीतका सम्पूर्ण क्रसर तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।
“पहिलेका राजनीतिक दलले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको देशका धेरै स्थानमा बाढी पहिरोले धेरै धनजनको क्षति हुंदै आएको थियो । गृह्रमन्त्री गुरुङले भने अब यस्तो गतिविधि गरे म कडाइका साथ रोक्छु, अन्य पनि वैध–अवैध तत्कालै छानबिन हुन्छ”, उनको भनाई छ।
मापदण्ड विपरीत अनुमति दिँदा बाढीपहिरो आएर जनधनको क्षति भएकोले गिट्टी र बालुवाको अनियन्त्रित उत्खननले गर्दा रोशी क्षेत्रमा बाढीपहिरोको जोखिम बढेको भन्दै उनले गम्भीर चासो व्यक्त गरेका हुन् ।
गत वर्षको असोज दोस्रो साताको बाढीपहिरोले पनौती नगरमा एक विदेशी नागरिकसहित २० जनाको निधन भएको थियो भने एक जना अझै बेपत्ताको नै छन् । सरकारी विवरण अनुसार त्यस क्षत्रमा बाढीपहिरोले ५८६ घर पूर्ण रुपमा क्षति भएको थियो । भने ९४४ वटा घर उच्च जोखिममा छ ।
क्षतिग्रस्त राजमार्गहरुको अनुगमन व्यवस्थापन गरी त्यस अनुसारको पूर्वतयारी गर्नुपर्नेबारे सुरक्षा प्रमुखलाई रणनीतिक तयारी अवस्थामा रहन सम्वन्धित जिल्लाका सुरक्षा निकायहरुलाई निर्देशन पनि दिएका छन् ।








प्रतिक्रिया दिनुहोस