आज: २०८२ चैत्र २५, बुधबार | Wed, 08, Apr, 2026

दुई हप्ते युद्धविरामको सहमतिसहित इरानले भन्यो – शान्तिका लागि तयार छौँ

२०८२ चैत्र २५, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) १२५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौं -२५ चैत ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले दुई हप्ते अस्थायी युद्धविरामलाई औपचारिक रूपमा अनुमोदन गरेको छ। नयाँ सर्वोच्च नेता अयातोल्लाह मोज्ताबा खामेनीको स्वीकृतिपछि दुई हप्ताको लागी युद्धविरामलाई रोक्ने निर्णय गरेको हो।

यसका साथै इरानले यो युद्धविरामलाई आफ्नो ुरणनीतिक जित र दुश्मनको आत्मसमर्पण भएको दाबी गरेको छ। इरानले शान्ति वार्ताका लागि ढोका खुल्ला गरेता पनि सैन्य सतर्कता भने कायमै रहेको जनाएको छ।

इरानी सुरक्षा परिषद्ले एक वक्तव्य जारी गर्दै हाम्रो हात अझै पनि बन्दुकको ट्रिगरमै छ। यदि वार्ताको अवधिमा दुश्मनले सानो गल्ती गरेमा वा धोका दिएमा त्यसको पूर्ण शक्तिले कडा प्रतिकार गरिने चेतावनी पनि दिएको छ ।

साथै पाकिस्तानको इस्लामावादमा हुने आगामी वार्तालाई स्थायी शान्तिको प्रयास भनेको छ। यद्यपि अमेरिकासँग पूर्ण रुपमा विश्वास गर्न कठिनाई हुंदा हुंदै पनि शान्तिको लागी इरान अघि बढेको उल्लेख गरेको छ। दुई हप्ताका लागि तय गरिएको यो युद्धविरामलाई आवश्यकता अनुसार थप गर्न सकिने जनाएको छ।

शान्तिका लागी आफ्ना नागरिक, बुद्धिजीवी र राजनीतिक दलहरूलाई यो समयमा एकजुट रहन र विजयको उत्सव मनाउन आह्वान गरेको छ। साथै, कुनै पनि विभाजनकारी अभिव्यक्ति नदिन सबैसंग अनुरोध गरेको छ।

६ हप्तासम्मको लामो विनाशकारी युद्धले दुश्मनको पनि धेरै क्षति भएको छ । यो विरामले पश्चिम एसियामा केही राहत महसुस गरिएपनि इरानले आफ्ना सम्पूर्ण मागहरू पूरा नभए, वार्ताबाट ठोस राजनीतिक उपलब्धि हासिल नभएमा पुनः रणमैदानमा उत्रिने चेतावनी दिएको छ।

गएको मध्यरातबाट सूरु भएको युद्धले अबको दुई हप्ताले यो क्षेत्र स्थायी शान्तितर्फ जान्छ वा पुनः भीषण युद्धमा होमिन्छ भन्ने तय गर्नेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस