आज: २०८२ चैत्र २८, शनिबार | Sat, 11, Apr, 2026

मिश्रित मौसमको प्रभाव पहाडमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

२०८२ चैत्र २८, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२८ चैत ।

हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकोले मौसममा परिवर्तन देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिकदेखि सामान्यतया सफा मौसम रहने छ।

त्यस्तै आज(शनिबार) कोशी प्रदेशसहित हिमाली क्षेत्रमा बदली रहनेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली भुभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै लुम्बिनी र सुदूरपश्चिमका तराई भुभागमा हावाहुरी चल्ने सम्भावना भएकाले सतेर्कता अपनाउन मौसम विभागले सुझाएको छ । विभागका अनुसार हाल देशभरमा मौसमको मिश्रित प्रभावले जनजीवनमा सामान्य असर पर्न सक्ने अनुमान गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस