आज: २०८२ चैत्र २८, शनिबार | Sat, 11, Apr, 2026

आइक्यानले पूर्व–बजेटको बारेमा देशव्यापी छलफल थाल्यो

२०८२ चैत्र २८, शनिबार मा प्रकाशित ( ३ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ- २७ चैत ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्सहरुको संस्था (आइक्यान)ले आर्थिक वर्ष २०८३÷८४ का लागि सुझाव संकलन गर्ने भएको छ । आइक्यानले सामाजिक संन्जाल मार्फत पूर्व–बजेट सुझाव संकलन गर्नको लागी देशव्यापी अन्तरक्रिया कार्यक्रम सुरु गरेको हो ।

उक्त संस्थाले विराटनगर, वीरगन्ज, चितवन, धनगढी, बुटवल, पोखरा र नेपालगन्ज लगायतका प्रमुख आर्थिक केन्द्रमा सञ्चालन भइरहेको यस कार्यक्रममार्फत कृषि व्यवसाय, पर्यटन, सीमापार व्यापार र निर्यातमुखी उद्योगी क्षेत्रका छलफल भइरहेको जनाएको छ ।

यस्तै संकलित सुझावहरु एकीकृत गरी प्रतिवेदन तयार पारेर सरकारलाई बुझाइने भएको छ। अभियानको अन्त्यमा वैशाख ४ देखि ६ गतेसम्म काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्ने र वित्तीय क्षेत्र, लगानी वातावरण तथा पूर्वाधार विकासमा गहन छलफल गरिने बताएको छ ।

सार्वजनिक सहभागिता बढाउन कार्यक्रमको प्रत्यक्ष प्रसारण सामाजिक सञ्जालमार्फत गरिने व्यवस्था गरिएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस