
नारी बाटिका
सरकारको प्रस्तावप्रति असहमति र न्यूनतम सेवा सुविधा बिना जबरजस्ती काम लगाइए संघ आन्दोलनमा उत्रिन बाध्य हुने
बिबियु,नारी वाटिका संवाददाता
धादिङ- २७ चैत ।
नेपाल चिकित्सक संघले आइतबार अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न सरकारले दिएको निर्देशन अस्वीकार गरेको छ। नवगठित बालेन शाह नेतृत्वको सरकारले हालै गरेको हप्तामा दुईदिन सार्वजनिक विदा दिएको छ ।
सरकारले सार्वजनिक विदा अर्थात आईतबार पनि चिकित्सकले ओपीडी सेवा दिन निर्देशन दिएपछी उनीहरुले सरकारको उत्त अनुरोधलाई अस्वीकार गरेका हुन् ।
यस विषयलाई संघले जनशक्ति अभाव र व्यवहारिक कठिनाइलाई कारण देखाउँदै तत्काल आइतबार ओपीडी सेवा दिन नसकिने स्पष्ट पारिएको हाो।
गत हप्ता मात्रै सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेपछि मन्त्रालयले कार्यबोझका आधारमा आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न सबै अस्पताललाई अनुरोध गरेको थियो।
तर सरकारको यस निर्णय व्यवहारिक नभएको बताउँदै चिकित्सक संघले आपत्ति जनाएको हो। संघको अनुसार हालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू नियमित १०–४ ड्युटीमा खटिँदै अनकल, राउण्ड र इमर्जेन्सी सेवामा २४ घण्टा खटिनु परिरहेको अवस्थामा अतिरिक्त सेवा थप गर्नु अन्याय पूर्ण हुने देखिएको छ।
अर्को तर्फ कुनैपनि स्वास्थ्य संस्थामा फरक–फरक समय तथा दिनमा विदा दिँदा स्वास्थ्य सेवामा एकरूपता आउन नसक्ने र बिरामीहरूमा पनि अन्योलता आउने संघको निष्कर्ष छ। सरकारले इन्धन अभावका कारण देखाएर दुई दिन बिदा दिनु नेपाल जस्तो भौगोलिक विभिदता कारण आफैमा सान्धर्विकता रहँदैन पनि … ।
यससंगै नेपालका चिकित्सकहरुको खटाई अनुसारको सेवा सुविधा उपलव्ध हुन नसकेको अवस्थामा अझै सार्वजनिक विदाका दिनमा समेत ओपीडी समय विस्तार गर्नु अव्यवहारिक हुने पनि संघले निचोड निकालेको छ।
यी विभिद समस्याको विश्लेषण गरी संघले मन्त्रालयलाई आफ्नो अनुरोध फिर्ता लिन आग्रह गरेको छ । साथै न्यूनतम सेवा सुविधा बिना जबरजस्ती काम लगाइए संघ आन्दोलनमा उत्रिन बाध्य हुने पनि चेतावन दिएको छ। 








प्रतिक्रिया दिनुहोस