
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२८ चैत ।
वैदेशिक रोजगार विभागले सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार प्रसारका सामग्रीहरु तिन दिनभित्र टाउन निर्देशन दिएको छ । विभागले वैदेशिक रोजगारीमा जानेहरुका लागी होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखनलगायतका सामग्री तीन दिनभित्रमा हटाउन सम्बन्धित सबै व्यवसायी, साइबर, संस्था तथा व्यक्तिहरूलाई निर्देशन दिएको हो।
तिन दिनभित्र उक्त सामग्री नहटाए वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्ने जनाएको छ। विभागले शनिबार सूचना जारी गरी श्रम स्वीकृति सम्बन्धी कार्य प्रचलित कानुन बमोजिम वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयहरुबाट मात्र हुने व्यवस्था रहेको उल्लेख गरेको छ ।
यस क्षेत्रमा काम गर्ने व्यवशायीहरुले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्दै “ स्थानमा समेत रहेका केही साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थाहरूले ‘यहाँ श्रम गरिन्छ’ वा ‘श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ’ वा ‘श्रम अनलाइन फाराम भरिन्छ’ वा यस्तै अन्य ‘श्रम’ शब्दको प्रयोग गरी प्रचार–प्रसार गरी भ्रममा पारी ठगीसमेत हुने गरेकोले विभागले यस्तो निर्णय गरेको हो ।
यस्तै वैदेशिक रोजगारीमा पठाउने भन्दै विभिन्न एजेन्डसमेतको मिलेमतोमा व्यवशायीहरुले आकर्षण गर्ने, रकम असुल गर्ने वा बिचौलियाको रूपमा समेत कार्य गर्ने भन्ने विभागमा थुप्रै गुनासो र उजुरी परेपछी विभागको ध्यानाकर्षण भएको छ”, सूचनामा उल्लेख छ।








प्रतिक्रिया दिनुहोस