आज: २०८२ चैत्र २९, आईतबार | Sun, 12, Apr, 2026

वहु चर्चित गायिका आशा भोस्लेको हृदयघातबाट निधन

२०८२ चैत्र २९, आईतबार मा प्रकाशित ( २ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२९ चैत ।

भारतीय वहु चर्चित गायिका आशा भोस्लेको हृदयघातबाट निधन भएको छ ।

उनको श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि शनिबार मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । हृदयघात भएकोले अवस्था गम्भीर थियो । जसको कारण गायिका भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको हो ।

हिन्दुस्तान टाइम्सले दिएको जानकारी अनुसार पछिल्ला केही महिनादेखि उनको स्वास्थ्यमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।

हिजो उनलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरी आईसीयूमा राखिएको भएतापनि गायिका भोस्लेलाई चिकित्सकहरुको निकै प्रयासले पनि बचाउन सकेनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस