
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२५ चैत ।
जल तथा मौसम विज्ञान विभागले मंगलबार साँझ एक विज्ञेप्ति जारी गरी आज देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार वुधबार देशका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको समेत सम्भावना रहेकोले सतर्ककता अपनाउन सुझाव दिएको हो ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको र सोको प्रभावले आजदेखि थप वर्षा हुने भएकाले मौसमको अवस्था अनुसार सावधानी अपनाएर घर बाहिर निस्कन अनुरोध गरिएको छ।
यसको असर पश्चिम नेपालमा अलि बढी रहेकोले त्यस क्षेत्रमा बिहानैबाट असर गर्ने जनाइएको छ भने दिउँसो तिर यस्तै असर काठमाडौँमा पनि आइपुग्ने बताइएको छ। विभागको मौसम बुलेटिन अनुसार बुधवार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भू–भागमा साधारणतया बादल लाग्नेछ।
यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू–भागका एक दुइ स्थान, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा भने भारी वर्षारहिमपातको सम्भावना रहेको पनि मौसमविद् लामिछानेले जानकारी दिनु भयो।
साथै मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशको पहाडी र तराई भू–भागमा केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । यस्तै भोली(बिहिबार)पनि मौसम बदलीको अवस्था कायम रहने भएको छ।








प्रतिक्रिया दिनुहोस