आज: २०८२ चैत्र २९, आईतबार | Sun, 12, Apr, 2026

टोयोटा गाडीको ठक्करबाट शुक्लागण्डकी च्वयनधामका पुजारीको मृत्यु

२०८२ चैत्र २९, आईतबार मा प्रकाशित ( ४ घण्टा अघि) ६८३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

तनहुँ -२८ चैत ।

तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा शनिबार भएको सवारी दुर्घटनामा परी दुई जनाको मृेत्यु भएको छ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको बा ११ च ७३६५ नम्बरको टोयोटा गाडीले डिभाइडर लाई नै नाघेर आफ्नै साईडमा गुडी रहेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सोही टोयोटा गाडीले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा गाछेपानीस्थित शुक्लागण्डकी च्वयनधामका पुजारी गणेश खतिवडा र पछाडि सवार सोही ठाउँका कृष्ण भुजेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए।

उनीहरु दुवै जनाको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस