आज: २०८२ चैत्र २९, आईतबार | Sun, 12, Apr, 2026

“दुई वर्षभित्रमा प्रतिफल दिन्छौं”,सभामुख डोलप्रसाद अर्याल

२०८२ चैत्र २९, आईतबार मा प्रकाशित ( ४ घण्टा अघि) १२७२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२९ चैत ।

राष्ट्रीय स्वतन्त्र पार्टीका उपसभापति एवं् सभामुख डोलप्रसाद अर्यालले दुई वर्षभित्रमा बालेन सरकारले कामको उचित प्रतिफल दिने बताउनु भएको छ । यसका साथै सभामुख अर्यालले देश र जनताका लागी तटस्थ बसेर काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घले आईतबार धादिङवेशीमा आयोजना गरेको पत्रकार भेट तथा सभामुख अर्याललाई स्वागत कार्यक्रममा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताएका हुन् ।

संविधान संशोधन तथा परिमार्जन गर्न लागिएको र सोही अनुसार अब बन्ने नयाँ कानुनमा आफुले सहजकर्ताका रुपम देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने सभामुख अर्यालको भनाई छ

उनले “विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरिकन पाउनु पर्छ भन्ने मेरो बुझाइ छ, । त्यसै कारण ६७ वर्षकै यो सुनौलो अवसरको रुपमा रास्वपाले पाएको अवसरलाई नेपाली जनताले महसुस गर्ने गरी काम पूरा गर्नेछु”, ।IMG_0894

साथै सभामुख अर्यालले भने अबको दुई वर्षमा रास्वपाको यो सुनौलो अवसरबाट बनेको बालेन शाह नेतृत्वको सरकारले गरेको कामको प्रतिफल जनताका सामु दिन आफुहरु लागी परेर देशको हितमा काम गर्ने बताएका छन् । साथ साथै जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’ बाट कानुन निर्माणको प्रक्रियालाई अघि बढाउने उनको प्रतिबद्धता छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस