
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -३० चैत ।
सामान्यतया नेपालका पिछडिएका वर्ग मानिने दलित तथा विभिन्न जात जाती र समुदाय भनेर बुझिँदै आएको छ ।
तर यहाँ त जेनजी आन्दोलनको फलस्वरुप वादी समुदायमा अत्याधिक गरिबीको रेखामुनी रहेको वर्ग भनेर पहिचान पाएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पाएकी सीता बादीको १८ तोला सुन र १५ तोला चाँदी र देश कै मुख्य राजधानी लगायतका विभिन्न जिल्लाका तीन ठाउँमा सुविधा सम्पन्न घरघडेरी रहेको सार्वजनिक भएको हो ।
आईतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको देशका उच्च ओहदाका व्यक्तिहरुको सम्पत्ति विवरणमा उक्त गहना विवाहमा पाएको भनेर मन्त्री सीता वादीले उल्लेख गरेकी छिन्। यससंगै मन्त्री वादीले आफुसंग २० वटा कुखुरा,१ कुकुर,१८ तोला सुन,चाँदीसहितको विवरण सार्वजनिक गरेकी हुन् ।
यसरी सार्वजनिक भएको उनी आफैले दिएको विवरण अनुसार ससुराको नाममा काठमाडौँको बूढानीलकण्ठमा घरघडेरी उनकै नाममा सुर्खेतमा घरघडेरी र पतिको नाममा नुवाकोटमा पनि घरघडेरी रहेको पाइएको हो।
तर उनले आफूसँग ५० हजार रुपैयाँ नगद मौज्दात रहेको आफू र ससुराको नाममा एनआइसी एसिया, प्रभु बैंक आदिमा नगद १५ लाख रहेको तथा पति र आफ्नो नाममा ५६ हजार कित्ता सेयरसमेत रहेको जनाएकी हुन्।








प्रतिक्रिया दिनुहोस