आज: २०८२ चैत्र ३०, सोमबार | Mon, 13, Apr, 2026

लागू औषध गाँजा र अफिम जस्तो देखिने वस्तुसहित २ जना पक्राउ

२०८२ चैत्र ३०, सोमबार मा प्रकाशित ( ४ घण्टा अघि) १८७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -३० चैत ।
जिल्ला प्रहरी कार्यलय धादिङले लागू औषध गाँजा र अफिम जस्तो देखिने चिजवस्तु सहित २ जनालाई पक्राउ गरेको छ ।

आईतबार १ः३० बजे रातको समयमा धाीदङको गजुरी गाउँपािलका वडा नं. १ गजुरी बजार पृथ्वीराजमार्ग सडकखण्डमा लागू औषध गाँजा ओसार पसार भईरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले अमर बि।क. र होम बहादुर बि।क।लाई पक्राउ गरिएको हो ।

आदमघाटबाट गजुरी तर्फ आउँदै गरेको बा ५ ख ७५३७ नं. को आईचर गाडीलाई शंका लागी रोकेी चेकजाँच गर्न क्रममा आइचरको पछाडी ढालामा कालो त्रिपालाले छोपेको अवथास्मा नौ वटा सेतो कलरको बोराभित्र बाँधिएर ल्याएको अवस्थामा प्रहरीले वरामद गरेको जनाएको छ ।

बरामद गरेको उक्त लागु औषध २८६ किलो ४०० ग्राम रहेको र लागू औषध गाँजा संगै मोवाइल थान ४ र लागू औषध ओसार पसारमा संलग्न बा ५ ख ७५३७ नं.आईचर गाडी समेत थानीय स्थानीयको रोहवरमा कानून पक्राउ परेका दुबै जनालाई तत्काल लागू औषध नियन्त्रण ऐन २०३३ बमोजिमको कसुरमा मुद्धा दायर गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस