
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ -३० चैत ।
आगमी वर्ष २०८३ को पहिलो वैशाख महिनाका लागि बैंकहरूले ब्याजदर सार्वजनिक गरेका छन्।
बैंकहरुले सार्वजनिक गरेको ब्याजदर अनुसार २०८३ को वैशाख महिनामा मुद्दती निक्षेपमा औसत व्यक्तिगत तर्फ ४.४१ प्रतिशत र संस्थागत तर्फ औसत ३.२३ प्रतिशत ब्याज दिने जनाएका छन् ।
चैतमा औसत ब्याजदर व्यक्तिगत तर्फ ४.४९ प्रतिशत थियो भने संस्थागत तर्फ औसत ३.२९ प्रतिशत ब्याजदर थियो । चैतमा औसत ब्याजदर व्यक्तिगत तर्फ ४.४९ प्रतिशत थियो भने संस्थागत तर्फ औसत ३.२९ प्रतिशत ब्याजदर थियो।
भोली वैशाख १ गतेदेखी लागु हुनेगरी ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने १२ बैंकहरुले पुरानै ब्याजदर स्थिर राखेका छन्। तर, कृषि विकास बैंकले भने ब्याजदर बढाएको छ। उक्त बैंकले वैशाखमा व्यक्तिगत तर्फ ४.१५ प्रतिशत ब्याज दिनेछ।
ब्याजदर घटाउने बैंकहरूमध्ये एभरेष्ट बैंकले वैशाखमा व्यक्तिगततर्फ ४।०५ प्रतिशत, कुमारी बैंकले ४।०५ प्रतिशत, सिटिजन्स बैंकले ४।१२ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४.१० प्रतिशत, हिमालयन बैंकले ४.५० प्रतिशत, सिद्धार्थ बैंकले ४ प्रतिशत र एनआईसी एसिया बैंकले ४.७५ प्रतिशत ब्याजदर दिनेछन्।
राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदर दिनेछन्।








प्रतिक्रिया दिनुहोस