आज:  | Wed, 15, May, 2024

अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता

११ फाल्गुन २०७८, बुधबार २२:१९ मा प्रकाशित ( २ साल अघि) ५०४ पाठक संख्या
नारी बाटिका


काठमाण्डाै – अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ । कास्की घर भएकी एक १७ वर्षकी गायिकाले मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ

जाहेरीमा बालिकाले आफूलाई बिहे गर्छु भनेर शाहले फकाएर बलात्कार गरेको आरोप लगाइएको प्रहरीको भनाइ छ । ‘जाहेरी दर्ता भइसकेकाले अब पल शाहलाई पक्राउको तयारी गरिएको छ ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने र दोषी ठहर भएमा कसुरदारलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस