
काठमाण्डाै – अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ । कास्की घर भएकी एक १७ वर्षकी गायिकाले मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ
जाहेरीमा बालिकाले आफूलाई बिहे गर्छु भनेर शाहले फकाएर बलात्कार गरेको आरोप लगाइएको प्रहरीको भनाइ छ । ‘जाहेरी दर्ता भइसकेकाले अब पल शाहलाई पक्राउको तयारी गरिएको छ ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने र दोषी ठहर भएमा कसुरदारलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने उल्लेख छ ।












प्रतिक्रिया दिनुहोस