आज:  | Tue, 18, Feb, 2025

धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने

२० फाल्गुन २०७८, शुक्रबार १८:३९ मा प्रकाशित ( २ साल अघि) १४७० पटक पढिएको
नारी बाटिका


धादिङ –धादिङमा शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ । देविघाट देखि धादिङबेशी, देवीघाट देखि जहरे र धादिङबेशी देखि सल्यान्टार सम्मका ३३ के.भि प्रसारण लाईन नजिक रहेका रुखका हागा काट्ने काम भएकोले बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

धादिङबेशी, जहरे र सल्यान्टार सवस्टेशनका सम्पूर्ण फिडरहरु सटडाउनमा राखि काम गर्नुपर्ने भएकोले सो फिडर अन्र्तगत लाईन वितरण भएका स्थानहरु नीलकण्ठ नगरपालिका त्रिपुरासुन्दरी, गंगाजमुना, नेत्रावती, ज्वालामुखी, सिद्धलेक, बेनिघाट रोराङ, गल्छी, गजुरी, थाक्रे र आरुघाट गाउँपालिका लगाएतका क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जारी गरेको सुचनामा भनिएको छ ।

रुखका हागा काट्ने कार्य कार्य निधारण समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाईन सुचारु हुन सक्ने जनाईएको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस