
नारी बाटिका
काठमाडौं –जातीय छुवाछूतको सिकार भएका दम्पतीले साढे चार वर्षपछि न्याय पाएका छन् । सप्तरी जिल्ला अदालतले यही कसूरमा पाँच जनालाई जनही पाँच महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
पीडितहरूलाई ५०र५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने फैसलासमेत अदालतले गरेको छ। पीडित लीलाधर दास तत्माले आफूले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया दिनुभयो। ४२ वर्षीय तत्माले भन्नुभयो ‘न्याय पाउने आस मरिसकेको थियो। ढिलै भए पनि न्याय पाएँ।’
तत्माकी पत्नी ३५ वर्षीया दुखनीदेवी दासले अदालतले अभियुक्तहरूलाई दोषी ठहर गरेकोमा आफुलाई खुशि लागेको बाउनुभयो। अदालतले आफ्नो पक्षमा फैसला गरे पनि दलितलाई समाजमा फर्किएर सामान्य रूपमा जीवन जिउन गाह्रो रहेको उहाँले बताउनुभयो।
‘दोषीलाई कैद सजाय र जरिवाना भर्न लगाएर मात्रै हामीले न्याय पाउँदैनौं। समाजले बराबरी स्वीकार गर्नुपर्छ’, उउहाँले भन्नुभयो, ‘अमानवीय व्यवहार हुने सबै खाले विभेदको चलन हटाउनु पर्छ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।








प्रतिक्रिया दिनुहोस