
नारी वाटिका संवाददाता
जनकपुरधाम – ५ चैत ।
धनुषामा अन्तरजातीय विवाह गरेकी एक युवती मृत फेला परेकी छन् ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका(४ का मुकेश धनखोटी यादवकी श्रीमती २५ वर्षीया विभाकुमारी महतो मंगलबार दिउँसो आफुनै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । मुकेश संग ५ वर्षअघि अन्तर्रजातिए भागी विवाह गरेकी महतोको मृत्यु भएको हो ।
विवाहको लामो समय हुँदापनि सन्तान नभएको भन्दै परिवारले महतोमाथि शारीरिक तथा मानसिक यातना दिने गरेको र उनलाई परिवाजनले हत्या गरेको माईती पक्षको आरोप छ ।
मृतक विभाकुमारी महतोको शरीर भरी नीलडाम देखिएको भन्दै माइती पक्षले हत्या गरिएको आरोपमा पति मुकेशविरुद्ध आत्महत्या दुरुत्साहनमा प्रहरीमा उजुरी परेपछी प्रहरीले पति मुकेशलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।












प्रतिक्रिया दिनुहोस