आज:  | Fri, 03, May, 2024

धादिङको थाक्रे स्थित जुँगेखोलामा बस दुर्घटना हुँदा ३ जना घाईते

२४ चैत्र २०७८, बिहीबार ११:५८ मा प्रकाशित ( २ साल अघि) ५४९ पाठक संख्या
नारी बाटिका


धादिङ–पृथ्वी राजमाग अन्तरर्गत धादिङको थाक्रे ७ जुँगेखोलामा बस दुर्घटना हुँदा ३ जना घाईते भएका छन् ।
काठमाण्डौंबाट धादिङबेशी तर्फ जाँदै गरेको बा ५ ख ७४ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिई अनियन्त्रित हुँदा बसमा सवार दुई जना समेत घाईते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाईते हुने पैदल यात्रीमा थाक्रे गाउँपालिका वडा नम्बर ७ का भिम बहादुर पण्डित रहेका छन् ।
घाईते भएका तिनै जनाको धार्केमा रहेको साइबाबा सामुदायिक अस्पतलामा प्राथामिक उपचार पछि काठमाण्डौंको ट्रमा सेन्टर पठाईएको प्रहरीले जनाएको छ । सवारी चालकलाई भने प्रहरीकले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस