
नारी बाटिका
धादिङ – धादिङको १३ वटै स्थानीय तहमा सत्तारुढ गठबन्धनले भागबन्डा टुंग्याएको छ । आईतबार गठबन्धनले धादिङका सबै स्थानीय तहका प्रमुख र उपप्रमुख र जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख समेतको भागबन्डा टुंग्याएको हो ।
जिल्लामा नेपाली काग्रेसले ८ वटा प्रमुख र ४ वटा उपप्रमुख, नेकपा माओवादी केन्द्रले ३ वटा प्रमुख र ५ वटा उपप्रमुख साथै जिल्ला समन्वय समितिको प्रमुख र एकिकृत समाजबादीले २ वटा प्रमुख र ४ वटा उपप्रमुखका साथै जिल्ला समन्वय समितिको उपप्रमुखमा भागबन्डा गरि तालमेलको लागी अन्तिम निर्णय गरेका हुन् ।
सहमती पत्रमा नेपाली काग्रेसको तर्फ बाट धादिङका काँग्रेस सभापति रामनाथ अधिकारी, माओबादीबाट धादिङ जिल्ला ईञ्चार्ज शालिकराम जमकट्ट्ल र नेकपा एकिकृत समाजबादीबाट धादिङ जिल्ला इन्चार्ज गुरुप्रसाद बुर्लाकोटिले हस्ताक्षर गर्नुभएको छ ।
१. निलकण्ठ नगरपालिका
प्रमुखः नेपाली कांग्रेस
उपप्रमुखः नेकपा माओवादी केन्द्र
२. धुनिबेसी नगरपालिका
प्रमुखः नेकपा एकिकृत समाजवादी
उपप्रमुखः नेपाली कांग्रेस
३. खनियाबास गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
४. सिद्धलेक गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकिकृत समाजवादी
५. रुवीभ्याली गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस
६. गंगाजमुना गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकिकृत समाजवादी
७. गल्छी गाउँपालिका
अध्यक्षः नेकपा एकिकृत समाजवादी
उपाध्यक्षः नेपाली कांग्रेस
८. गजुरी गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेपाली कांग्रेस
९. थाक्रे गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
१०. ज्वालामुखी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा एकिकृत समाजवादी
११. त्रिपुरा सुन्दरी गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
१२. नेत्रावती डवजोङ गाउँपालिका
अध्यक्षः नेपाली कांग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र
१३. बेनिघाट रोराङ गाउँपालिका
अध्यक्षः नेकपा माओवादी केन्द्र
उपाध्यक्षः नेकपा एकिकृत समाजवादी
र
जिल्ला समन्वय समिति
प्रमुखः नेकपा माओवादी केन्द्र , उपप्रमुखः नेकपा एकिकृत समाजवादी








प्रतिक्रिया दिनुहोस