
धादिङ – नीलकण्ठ नगरपालिका वडा नं ३ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिएका ब्यवसायी राजकुमार श्रेष्ठ विजयी हुनुभएको छ ।
श्रेष्ठले काँग्रेसको आधिकारिक उम्मेद्वारलाइ ७ सय १० मतको फराकिलो अन्तरले हराउदै विजयी बन्नुभएको हो ।
कुल २ हजार ८ सय ४१ मत खसेकोमा श्रेष्ठले १ हजार ३ सय ३९ मत प्राप्त गर्नुभएको छ ।
उहाँ निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका गोपी कृष्ण भण्डारी ले ६ सय ३९ मत ल्याउदा नेकपा एमालेका किरण पाठकले २ सय ४१ मत र नेकपा माओवादीका नारायण कुमार श्रेष्ठले ३ सय ९५ मत पाएका छन् ।
पार्टीले अन्य ब्यक्तिलाइ टिकट दिएको र टिकट वितरण गर्दा आकांक्षीहरुलाइ कुनै छलफल नै नगराएको भन्दै श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दिनुभएको थियो ।
।












प्रतिक्रिया दिनुहोस