
नारी बाटिका
धादिङ – धादिङको खनियाबास गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार रणबहादुर तामाङले १ हजार ६ सय ९ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्धन्द्धि स्वतन्त्र उठेका फुलबहादुर तामाङले १ हजार तीन सय ९६ मत ल्याउनुभएको छ । उहाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि विजयी हुनुभएको थियो ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा विजयी सेकेमानले एक हजार आठ सय ३७ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धि राष्ट्रिय प्रजातन्त्र पार्टीका मरियम तामाङले १ हजार दुई सय ३७ मत ल्याउनुभये । अध्यक्ष र उपाध्यक्षमा विजयी भएकाहरु गठबन्धनबाट उम्मेदवार बनेका थिए ।
खनियाबास गाउँपालिका वडा नं १, २ र ३ मा राप्रपाका उम्मेदवारहरु क्रमश सोनाम बहादुर तामाङ, अरुण कुमार पाख्रिन, कमान सिंह तामाङ, वडा नं ४ मा नेपाली काँग्रेसका उम्मेदवार लिलामान तामाङ र वडा नं ५ मा नेकपा एमालेका उम्मेदवार रविन कुमार तामाङ विजयी भएका छन् ।








प्रतिक्रिया दिनुहोस