
नारी बाटिका
काठमाण्डौ – मुग्लिन हुँदै चल्ने गाडीको यात्रा कष्टकर भएको छ । मुग्लिन–नारायणगढ र मुग्लिन –नौबिसे सडक खण्डमा लामो जामका कारण यात्रु मर्कामा परेका छन् ।
अस्ति बेलुुकी मुग्लिन नजिकै गएको पहिरो हिजो दिउँसो अबेर पन्छाएपछि जाममा परेका गाडी चल्न थालेका छन् । तर लामो समयसम्म धेरै गाडी एकैपटक रोकिँदा र पानी परेका कारण सडकमा भएको हिलोले गाडी अहिले पनि चापमा चलिरहेका छन् ।
लामो जामका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालिबालिकालाई बढी सास्ती भएको छ ।सडक खुले पनि साँघुरो पुल र ठूूला गाडीका कारण चाप रहेको मुग्लिनका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार सडक खुलेको छ तर जाम भने हटिसकेको छैन । साँघुरा पुलहरुमा आलोपालो गरी गाडी पास भइरहेका छन् ।
बर्खाको समयमा बेलाबेला पहिरो जाने गरेकाले छिनमै खुल्ने र छिनमै बन्द हुने भएकाले नारायणगढ–मुग्लिन सडक भएर यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । (उज्यालो अनलाईन )








प्रतिक्रिया दिनुहोस