
धादिङ – धादिङको थाक्रे गाउँपालिका वडा नम्बर १ स्थित कार्कीडाँडामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४३ वर्षीया मिरा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । मकै गोडेर घर फर्किेने क्रममा हाइटेन्सन लाइनको करेन्ट लाग्दा मृत्यु भएको हो ।
करेन्ट लागेर मकैबारीमा ढलिरहेको अवस्थामा फेला परेपछि उपचारको लागि धार्के स्थित शिव दर्शन अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस