आज:  | Sat, 03, May, 2025

डेक नेपाल द्वारा संचालित पारस्पारिक जवाफदेहिता परियोजना समापन

४ असार २०७९, शनिबार १०:३३ मा प्रकाशित ( २ साल अघि) १२१९ पटक पढिएको
नारी बाटिका


धादिङ – पारस्पारिक जवाफदेहिता परियोजनाको नीलकण्ठ साझेदारी मञ्च तथा साझा सभा मार्फत सवाल सार्वजनिकीकरण गर्दै परियोजनाको समापन गरिएको छ ।
विहिबार धादिङबेशी सम्पन्न समापन कार्यक्रमलाई सम्बोधन गर्नुहदै जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीलेपरियोजनाले उठाएका समस्या तथा सवालहरु निरन्तरतामा जोड दिन आवश्यक रहेकोे बताउनु भयो । साथै अपाङ्गता भएका व्यक्ति, दलित, मौलिक हक लगायतका सवालहरुलाई बिशेष ध्यानमा राखेर काम गर्ने बताउनुभएको छ ।

त्यस्तै सरकारी तथा गैर सरकारी संस्थाको साझेदारी मै जनतालाई सु–सूचित र विकास गर्न सकिएको जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले बताउनुभयो । परियोजनाप्रति आभार व्यक्त गर्नुहुँदै परियोजनाले थालेको कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको छ ।

यसगैरी नीलकण्ठ नगरपालिकाका उपमेयर दिपक विश्वकर्माले परियोजनाले नीलकण्ठ नगरपालिका भित्रका पनि थुप्रै समस्या तथा सवालहरु उठ्ठान भएको बताउनुभयो । साथै समय, परिस्थिति र परिवेशसङ्गै जनताका मागहरु पनि परिवर्तन हुँदै जानेहुनालेनागरिकको आवश्यकता र मागलाई सम्बोधन गर्न थप सहयोग मिल्ने बताउनुभयो ।

यस्तै डेभलपमेन्ट एक्सचेन्ज सेन्टर नेपालकी अध्यक्ष मनिषा भट्टराईले सहकार्यका लागि आभार व्यक्त गर्नुहुँदै परियोजना सकिएको तर साझेदारी र पहरेदारीमा शुरु भएको बताउनुभएको छ । कार्यक्रमकै अवसरमा विभिन्न संघ संस्था, संञ्चारकर्मी पत्रकारहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस