
बिबियु,नारी वाटिका संवाददाता
धादिङ ७ चैत ।
सुक्रबार साँझ आएको हुरीसहितको वर्षाले विशेषगरी यातायात क्षेत्र प्रभावित बनेको छ । वर्षाले नारायणघाट–बुटवल सडकखण्डमा हिलाम्मै र गाडी चलाउन जोखिम बढेपछी सुक्रबारबाट तीन दिन रातको समयमा मालवाहक सवारीसाधन चलाउनमा रोक लगाइएको हो।
नारायणगढ -बुटवल सडक आयोजना (पश्चिम खण्ड) कार्यालयले सुक्रबार साँझ एक सूचना जारी गरी चैत ६ गतेदेखि लागु हुनेगरी ८ गतेसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको छ।













प्रतिक्रिया दिनुहोस