
नारी बाटिका
काठमाण्डौ – पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड खुलाउन पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो हटाउन दुई वटा डोजर, एउटा एक्साभेटर र दुई वटा लोडरको प्रयोग गरिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा बिहान साढे ५ बजे लेदोसहितको पहिरो खसेको हो । १८ किलो र ५ किलोमा खसेको पहिरो भने हटाइएको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार केराबारीमा भने लगातार लेदोमाटो बगीरहेकाले पहिरो हटाउन समस्या भएको छ । थप पहिरो नगए दिउँसो दुई÷तीन बजेसम्ममा पहिरो हटाउने गरि काम भइरहेको उहाँले बताउनुभयो । तर, पानी परिरहेकाले थप पहिरो जाने जोखिम छ । यस्तै, सडक छेउछाउमा अनधिकृत रुपमा बनाइएका घर टहरा र बिजुलीको पोलका कारण पहिरो हटाउन समस्या भएको कार्कीले बताउनुभयो ।
यस्ता अनधिकृत संरचनाका कारण पहिरो पन्छाउन ढिलाइ भइरहेको उहाँको भनाइ छ । सडक बन्द हुँदा बिहानैदेखि गाडी र यात्रु रोकिएका छन् । उपचारका लागि काठमाण्डौ आएका बिरामी थप मर्कामा परेका छन् । (उज्यालो अनलाईन )







प्रतिक्रिया दिनुहोस