आज:  | Sun, 19, May, 2024

८ औं संविधान दिवस,अर्थात नेपालीको संविधान जारी भएको विषेश दिन आज… के साँच्चै नेपाली जनताले मुटुमा हात राखेर हाम्रो लागी यो संविधान भन्न पाएका छन् त ???? ।

३ आश्विन २०७९, सोमबार १०:२० मा प्रकाशित ( १ साल अघि) ४२७ पाठक संख्या
नारी बाटिका



धादिङ ३,असोज २०७९ ।
८ औं संविधान दिवस,अर्थात नेपालीको संविधान जारी भएको विषेश दिन आज…
के साँच्चै नेपाली जनताले मुटुमा हात राखेर हाम्रो लागी यो संविधान भन्न पाएका छन् त ???? ।

आज नेपालमा ८ औं संविधान दिवस मनाई रहदा के यो संविधानमा लेखेको जस्तै साँच्चै नेपाली जनताले उपभोग गर्न पाएका छन् त ? अझै छोटो रुपमा भन्नु पर्दा राणाकालिन व्यवस्था पछीको राजतन्त्र अर्थात पञ्चायती व्यवस्थालाई प्रत्येक नेपाली जनताले घर,घर चुला,चुला बाट तेसको विरुद्धमा सडकमा डाडु पन्यु,जे जे संम्भव हुन्छ तेही बोकेर नारा लगाउदै, पैतालामा ठेला उठाएँदै नारा लगाई कालो झण्डा हल्लाउँदै नेपाली जनताले नै तोडेर राजा खान्दानको उठिवास बनाई प्रजातन्त्र, ल्याउन सफल भएका थिए । तर त्यो जायज र सही पनि थियो किनकी नेपालका राज खान्दान,राणा शासनले संधै नेपाली जनताको पसिना सोशी मात्रै रह्यो र कहिले पनि जनताका छोरा छोरीहरु अघि बढ्न दिएन,जनता माथी शोसण,दमन र अत्यारको प्रकाष्ट थियो त्त्यसपछी लोकतन्त्र गणतन्त्र पछीको संघिय तन्त्र …..अनि के के तन्त्र(………….? तर आजको अवस्थामा आईपुग्दा ,हाम्रा देशका ठुला र बरिष्ठ नेता र राजनैतिक दलको गतिविधी हेर्दा त बरु तेतीवेलाकै सरकार पो ठिक हुन् की भन्ने आवास दिलाएका छन् । तेतीबेला मा त १ जना देशका प्रमुख राजा लाई मात्र देशका सवै शक्ति सेवा दिनु पर्दथ्यो भने तर आज त यो देशका ७ सय राजालाई नेपाली जनताको पसिना रगतले आर्जन गरेपनि नगरे पनि पाल्नु परेको छ । तेती मात्रै कहाँ होर ….? चुनाव जितेर गएका भोलीपल्ट बाट तिनै नेताका पाउ मोलेर,घुष खुवायर,वा के के गरेर कुनै पद या काम गर्नु पर्ने अवस्था सिर्जना भएको छ । तर यति हुंदा पनि आजैका दिन हाम्रा देशका प्रमुख
प्रधानमन्त्री शेरबहादुर देउवाज्याु को कुरा पनि पडी हालौं…सुनीहालौं न है त….?
जनताको चाहनाअनुरुप नेपालको संविधानले विगतमा नेपाली समाजमा रहेका छुवाछूत, विभेद र उत्पीडन जस्ता सामाजिक विकृति तथा विसङ्गतिलाई अन्त्य गरेको उल्लेख गरेका छन् ।

साथै उनले संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् ।

आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै उनले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । फेरी १० वर्षे भुमिगत जंगलको आन्दोलन गरी विका कसुर,विना दोष नेपाली आमाका काख रित्तो पारी,हजारौं निदोर्ष नारीको सिंन्दुर पखाली आफु संधै पार्टीका प्रखुम भैई अरु दललाई फुई फई हत्केलामा राखेर नचाउन च्याम्पिेयन विजेता अर्का नेता प्रचण्ड,पुष्म कमल दाहालज्यु को त झन् कुरै नगरौं….. र अर्का बरिष्ठ केपी वली,एवं् नेकपा एमालेका बा….उनि त झन् के कुरा गर्नु….नेपालका मै हुँ भन्ने हाँश्य व्यंग्य कलाकारलाई पनि जितेका छन् .. उखाने टुक्काका मायुर….बा…..आफ्नो जिवन कालको उत्तराद्ध्र .८० वर्ष पुग्ने वेलामा पनि १६ वर्षे जवानी निकालेर पार्टी भित्रका अलि अलि आशा लाग्दा नेता र नेत्रीलाई पार्टी बाटै लखेटेर आफु बाँचुन्जेली पार्टीको अध्यक्ष बनी नेपाली जनता माथी शासन गरी,नेपाली जनतालाई रिंगाय रिंगाय,ठुला,साना पार्टी र पार्टीका नेता लाई पनि हातका औंलामा राखेर घुमाउन सिपालु रहेका छ…..र नेपालमा पनि राजनििितकमा लागेका नेपाली महिला हरुले अवशर र ठुला पद पाउँदा रहेछन् भनी विश्व सामु देखाउनका लागी भए पनि पार्टी भित्रै धेरै हस्ती र क्षमता योग्यता पुगेका नेत्रृ हरु हुंदाहुंदै पनि उनैको निगाहामा देशकै राष्ट्रपती बन्न सपल रहेकी विध्यादेवी भण्डारी ………

जो देशकै प्रमुख अधिपती पावर हत्केलोमा भएकी नेपालको महिला राष्टपती भैई रहदाको अवस्थामा कञ्चनपुरकी १३ वर्षे बालिका,निर्मला पन्थ जस्ता सयौ चेलीले बलात्कार पछी मारिए ता पनि आजसम्म न्याय नपाउनु ….? तेस्तै निहारिका जो बलात्कार पछी गर्भवती भई आफ्नो बच्चाको बावु पहिचान हुंदा हुदै पनि नस्वीकारेर आफैलाई मृत्यु डण्द दिनका लागी तिनै राष्ट्रपतीका निवास दैलामा आत्म दाह गर्नुपर्ने…?

यि त केवल पात्र मात्रै हुन् ….घरेलु हिंसा,लैगिक हिंसाले हजारौं निदोष सिधा साधा नारीहरु यस्ता पिडा र वेदनाले छट्पटीएर न्यायको ढोका ढक्ढक्याउदैमा जिवन सकिन्छ तर पनि न्याय पाउन कठिन छ किनकी हाम्रो देशमा पिडितले न्याय पाईहाले पनि प्राईभेट वकिलहरुका त के कुरा गर्नु ? उनिहरुको त पेशा नै हो शब्द शब्दमा पिडित र पिडक संग पैसा लिएर ज्यानमारा,अपराधी,ठग,लुटाहा,पटाहा,बलात्कारी हरुको पक्षमा वकालत गरेर लाखौं लाख धन अशुल गर्ने…? अदालतका न्याधिष,सरकारी वकिल,प्रहरी प्रशासन सवै किन्न सक्नु पर्छ र पैसा नहुनेले मुद्धा मामला नगरे पनि हुन्छ…….?

पाचौं पटक नेपालको प्रधामन्त्री भएर नेपालमा शासन गर्न सफल भएका नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानबाट असोज ३ गते, २०७२ मा घोषणा भएको नेपालको संविधान हाम्रो सङ्घर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् । यस उपलब्धि हासिल गर्नका लागि भएका सङ्घर्षहरूमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानीक क्षति व्यहोर्नुभएका महानुभावलाई उच्च सम्मानपूर्वक स्मरण गर्दै उनले प्राकृतिक विपत् र कोभिड–१९ को महामारीबाट अल्पायुमै ज्यान गुमाउनुभएका दिदीबहिनी तथा दाजुभाइलगायत सबैमा श्रद्धासुमन अर्पण गरेका छन् ।

कांग्रेस नेतृत्वको सरकार मुलुकमा सङ्घीय लोकतन्त्रिक प्रणालीलाई थप मजबुत पार्ने तथा संविधानको रक्षा र पालना गर्ने काममा निरन्तर क्रियाशील र प्रतिबद्ध रहेको उनले बताएका छन् । ‘सरकारले यसै वर्ष स्थानीय तहको आवधिक निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ भने आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनबाट संविधानले आत्मसात् गरेको लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यता तथा सबैको हक र अधिकार व्यावहारिक रुपमा स्थापित हुनेछ’, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयन गर्दै हाम्रा साझा हक अधिकारलाई स्थापित गर्ने तथा मातृभूमिको विकास र समुन्नतिलाई सुनिश्चित गर्ने दिशामा सदा झैँ सम्पूर्ण नेपाली नागरिकको साथ, सहयोग र समर्थन प्राप्त हुने विश्वास लिएका छन् । उनले सरकार संविधानको मर्म र भावनालाई जनताको जीवनमा महसुस हुनेगरी कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।तर…….यो भनाई भाषण जस्तै नेपाली नागरिकले न्याय,सुरक्षा,अवशर अनि रोजगार पाएका छन् त ????
यो आजको जल्दो बल्दो पश्न हो ….? ……
के साँच्चै नेपाली जनताले मुटुमा हात राखेर हाम्रो लागी यो संविधान भन्न पाएका छन् त ???? ।

यि सामाग्री पढेर हामी लाई प्रतिकृया दिन नभुल्नु होस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस