आज:  | Sun, 12, Jan, 2025

महङ्गीका कारण चाडपर्व पनि प्रभावित

९ आश्विन २०७९, आईतवार ०९:४० मा प्रकाशित ( २ साल अघि) ५७८ पटक पढिएको
नारी बाटिका


काठमाण्डौं – दसैँ लक्षित लत्ता कपडादेखि खाद्यान्न र अरू सामग्रीको मूल्य गत वर्षको तुलनामा यसपटक बढेको छ । कोरोना महामारी सुरु भएपछि सुरु भएको महङ्गी रुस–युक्रेन युद्धले थप बढाएको छ ।

त्यसमाथि चीनबाट आउने सामग्रीमा भएको कडाइले यसपटकको दसैँ थप मङ्हगिएको व्यवसायी बताउँछन् । नेपाल राष्ट्र बैँकका अनुसार गत वर्षको तुलनामा हरेक सामग्रीमा ८ प्रतिशतले मूल्य बढेको छ । तर वास्तविक बजार त्योभन्दा पनि महङ्गो छ । जसका कारण मध्यम वर्गका परिवारको लागि दसैँ धान्नै नसकिने अवस्थामा पुगेको छ ।

दोलखाका नहकुल कार्की आफ्नो लागिभन्दा पनि छोराछोरीको लागि कपडा किन्ने सोचमा हुनुहुन्छ तर कसरी व्यवस्थापन गर्ने ? उहाँलाई थाहा छैन । ललितपुरका अर्चना घिमिरेले भने यसपाली नयाँ कपडा नकिन्ने योजना बनाउनुभएको छ । सरकार, विश्वबजारमा नै मूल्य बढेकाले नेपालमा मात्रै महङ्गी नियन्त्रण गर्न नसक्ने बताउँछ । नागरिक आफैं सचेत बनेर अत्यावश्यक सामान मात्रै खरिद गर्ने, मितव्ययिता अपनाउने तथा आफू र आफ्ना परिवार बालबालिकालाई पनि फजुल खर्च रोक्ने बारेमा सम्झाउनुपर्नेमा जोड दिनुहुन्छ एकजना अर्थविज्ञ केशव आचार्य ।

दसैँमा अनावश्यक किनमेल नगर्ने, माछामासुको उपभोगमा कटौती गर्ने, दक्षिणा भन्दा बढी आर्शिवादलाई महत्व दिने, महङ्गा कपडा र गरगहनाको खरिदमा कमि गर्ने तथा आफ्नो आर्थिक अवस्था अनुसार दसैँ मनाउन सके आर्थिक भार कम गर्न सकिने विज्ञहरू बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस