
बिबियु -नारी वाटिका संवाददाता
धादिङ -११ जेठ ।
बागमती प्रदेशको वर्षे अधिवेशन आजदेखी सुरु हुंदैछ ।
शोमबार दिउँसो १ बजेबाट हुन गैरहेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेश सदस्यहरु सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ
बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्नु भएको हो।
वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम र बजेटमाथी केन्द्रित रहेर छलफल हुनेछ।












प्रतिक्रिया दिनुहोस