आज:  | Thu, 27, Mar, 2025

६७ औं प्रहरी दिवस धादिङबेसीमा पनि मनाईयो

३१ आश्विन २०७९, सोमबार १९:२९ मा प्रकाशित ( २ साल अघि) ३३६३ पटक पढिएको
नारी बाटिका


धादिङ – ६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङबेसीमा विशेष समारोहको आयोजना गरि मनाएको छ । उक्त समारोहलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षा व्यवस्थापनको नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा धन्यावाद दिदै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गराउन उल्लेखनीय भूमिका खेल्न आग्रह गर्नुभएको छ ।

धादिङका प्रहरी प्रमुख प्रहरी निरिक्षक राकेश सिं ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो । दिवसको अवसरमा अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण पनि गरिएको छ । कर्तव्य पालनको सिलसिलामा ज्यान उत्सर्ग गरेका सम्पूर्ण अमर प्रहरी परिवारलाई दोसला ओडाएर सम्मान गरिएको थियो भने विभिन्न खेलकुदमा प्रथम र द्धितिय स्थान हासील गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान–पत्र तथा पुरस्कार बितरण पनि गरिएको थियो ।

समारोहमा धादिङका जिल्ला प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, सुरक्षा निकायका प्रमुखहरु, सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, पत्रकारहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस