आज: २०८३ बैशाख १५, मंगलबार | Tue, 28, Apr, 2026

वनमा घाँस काट्न गएका एकजनाको बाघको आक्रमणबाट मृत्यु

२०८२ अषाढ २८, शनिबार मा प्रकाशित ( ९ महिना अघि) १०६३४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

चितवन २८ असार ।

पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका(१३ गवै का ६८ वर्षीय पदमबहादुर रानामगरको शुक्रबार मृत्यु भएको हो ।

तीनजनाको समुहमा शुक्रबार बिहान कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकामध्ये मगर एका एक साथीहरुबाट सम्पर्क बिहिन भएपछि खोजी गरिएको थियो।

खोजी कै क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस