
नारी वाटिका संवाददाता
बैतडी -२८ असार ।
बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । साथै ६ जना घाइते भएका छन्। पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा आज बिहान उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा डिलासैनी गाउँपालिका–१ का २४ वर्षीय चालक सन्तोषबहादुर राना र ३२ वर्षीय किरण चौधरीको उपचारका क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको छ।
सोही दुर्घटनामा दुर्घटनामा घाइते भएका अन्य ६ जनामध्ये कमला धामी र राजेन्द्र खत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाईतेहरूलाई डडेल्धुरा अस्पताल रिफर गरिएको छ।
शनिबार विहान धनगढीबाट गोकुलेश्वर तर्फ जाँदै गरेको सुप–प्र ०१००१ ज १३७२ नम्बरको जिप करिब ७० मिटर सडकबाट तल खसेको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस