आज:  | Tue, 11, Feb, 2025

धादिङको अधिकांश मतदान स्थल अतिसन्देदनशील सूचिमा

२१ कार्तिक २०७९, सोमबार १९:४६ मा प्रकाशित ( २ साल अघि) ८९९ पटक पढिएको
नारी बाटिका


धादिङ – जिल्ला निर्वाचन सुरक्षा समितिले धादिङका अधिकांश मतदान स्थललाई अतिसन्देदनशीलको सूचिमा राखेको छ । सोमबार जिल्ला निर्वाचन कार्यालय धादिङले आयोजना गरेको जिल्ला स्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा सुरक्षा संवेदनशीलताको दृष्टिकोणले मतदान स्थलको वर्गिकरण गरेको निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले जानकारी गराउनुभएको हो । कुल एक सय १४ मतदान स्थल मध्य एक सय चार वटा स्थललाई अतिसंवेदनशीलको सूचिमा राखेको छ ।

सात वटालाई संवेदनशील र तीन वटा मतदान स्थललाई सामान्यको सूचिमा वर्गिकरण गर्दै सुरक्षा योजना तर्जुमा गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालल बताउनुभयो । भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोस्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्याम बहादुर खत्रीका अनुसार अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने बताउनुभयो ।

निर्वाचन सामाग्री लैजाने र मतदानसँगै मतदानपश्चात सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताका आधारमा गर्छ भने संवेदनशील र संवेदनशील मतदान स्थलमा सुरक्षाकर्मी र म्यादी प्रहरीसंगै कर्मचारी व्यवस्थापन गर्ने उहाँको भनाई छ ।

धादिङमा दुई लाख ६५ हजार नौं सय ६६ मतदाता रहेका छन् । तीन सय तीन वटा मतदान केन्द्र छन् । धादिङ जिल्लामा दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा क्षेत्र छ । आधिकारिक दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा २८ जना र प्रदेशसभामा ३८ जना उम्मेदवार छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस