आज:  | Tue, 11, Feb, 2025

सानिमा बैंक धादिङ शाखा द्वारा दुईजना विद्यार्थीलाई छात्रवृति प्रदान

२५ कार्तिक २०७९, शुक्रबार ०७:५५ मा प्रकाशित ( २ साल अघि) ८०३ पटक पढिएको
नारी बाटिका


धादिङ – सानिमा बैंक धादिङ शाखाले गरिब तथा जेहेन्दार विद्यार्थीको लागि छात्रवृति प्रदान गरेको छ । बैंकले यो वर्ष गरिब तथा जेहेन्दार विद्यार्थी तर्फ विज्ञान संकायमा नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत कुश्मा श्रेष्ठ तथा वाल मन्दिर माध्यमिक विद्यालयमा ब्यबस्थापन संकाय तर्फ अध्यनरत रिता सिलवाललाई छात्रवृति प्रदान गरेको हो ।

आर्थिक अवस्था कमजोर कुश्मा श्रेष्ठ र अभिभावक विहिन एवं शारिरिक रुपले असक्त दिदिको संरक्षकत्वमा आफ्नो पढाई अगाडी बढाउँदै आईरहनु भएकी सिलवाललाई छात्रवृति प्रदान गरेको हो । विद्यार्थीहरुले कक्षा ११ र १२ मा ५०/५० हजार छात्रवृती प्राप्त गर्नेछन् भने त्यसमध्ये मासिक २ हजार रुपैयाँका दरले प्रत्येक महिना खाजा खर्च विद्यार्थीको खातामा जम्मा गरिदिने सानिमा बैंक धादिङ शाखाका रिलेसनसिप म्यानेजर रामहरि अधिकारीले जानकारी दिनुभयो ।

कक्षा ११ मा ५० हजार र उतिर्ण भएर १२ कक्षामा पुगेपछि पुन ः ५० हजार उपलब्ध गराउने उहाँले बताउनुभयो । छात्रबृत्ति प्रदान गर्नका लागि बैङ्कले भाद्र मसान्तसम्म विद्यार्थीहरुबाट आवेदन संकलन गरेको थियो । आवेदन संकलन भएपश्चात विभिन्न विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, समाजसेवी लगायत ५ जनाको निर्णायक मण्डलले आवेदन जाँचबुझ, अन्तरवार्ता गरी निर्णयाक मण्डलले सिफारिस गरेका ब्यक्तिहरुलाइ बैङ्कले छात्रबृत्ति दिने गरिएको अधिकारीले बताउनुभयो ।

छात्रबृत्ति पाउनको लागि कम्तीमा ८ कक्षादेखि सामुदायिक विद्यालयमा पढेको, गरिव तथा विपन्न परिवार र जेहेन्दार हुनपर्ने न्युनतम सर्त रहेको छ । सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस