आज:  | Fri, 17, Jan, 2025

आसन्न निर्वाचन पर्यवेक्षकका लागि धादिङबेसीमा अभिमुखीकरण

२६ कार्तिक २०७९, शनिबार १९:३२ मा प्रकाशित ( २ साल अघि) ९२७ पटक पढिएको
नारी बाटिका


धादिङ – शनिबार आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन पर्यवेक्षकका लागि धादिङबेसीमा अभिमुखीकरण कार्यक्रम गरिएको छ । कार्यक्रममा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका (नियोक) अध्यक्ष शालिकराम दुवाडीले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पर्यवेक्षकको भूमिका कस्तो हुनुपर्छ ? र पर्यवेक्षकले केके कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? लगाएतको विषयमा सहजीकरण गर्नुभएको थियो ।

प्रशिक्षक कृष्णराज अधिकारीले पयवेक्षकहरूलाई निष्पक्ष भएर काम नगर्दा त्यसले सिङ्गो संस्थामा नै आँच आउने कुरामा सजग गराउँदै निष्पक्ष भएर अनुगमन तथा पर्यवेक्षणको कार्य गर्न आग्रह गर्नुभएको छ । पर्यवेक्षकहरूलाई कुनै पनि उम्मेदवारलाई मत माग्न र सामाजिक सञ्जालको दुरूपयोग नगर्न प्रशिक्षक ईश्वर पल्लवी मगरले आग्रह गर्नुभयो ।

साथै निर्वाचन पूर्व, निर्वाचनको दिन र निर्वाचनपछि पनि मतगणना लगायतको पर्यवेक्षण गर्ने हुँदा निष्पक्ष रूपमा सूचना सम्प्रेषण गर्न समेत आग्रह गर्नुभएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) को आयोजनामा निर्वाचन पर्यवेक्षकका लागि धादिङबेसीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । जिल्लाभर १५ जना पर्यवेक्षकहरुले ६ वटा पालिकाको विभिन्न मतदान केन्द्रमा परिवेक्षण गर्नेभएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस