आज:  | Tue, 18, Feb, 2025

घरदैलोको क्रममा रवि लामिछानेको गाडी तोडफोड

२७ कार्तिक २०७९, आईतवार १६:२१ मा प्रकाशित ( २ साल अघि) ८४८ पटक पढिएको
नारी बाटिका


काठमाण्डौ – चितवनमा घरदैलोको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडी तोडफोड भएको छ । घरदैलोको क्रममा रहेको सभापतिको गाडीमाथि आइतवार तोडफोड भएको पार्टीले जनाएको छ ।

निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने भए पनि सरकार मूकदर्शक बनेको पार्टीको आरोप छ । राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नुपर्ने पार्टीको धारणा छ ।

‘शान्ति, सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरि एक पटक उदाङ्गो भएको छ । हाम्रा पाइलाहरू रोक्न जे जस्तो प्रहार भए पनि हामी रोकिन्नौँ’, पार्टीले भनेको छ । गाडीमाथि कसले तोडफोड ग¥यो भन्ने थाहा भएको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस