
प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि धादिङमा उत्साहजनक रूपमा मतदान भइरहेको छ । धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाइन लागेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।
धादिङको एक सय १४ मतदानस्थल र तीन सय ३ वटा मतदान केन्द्र मध्ये दश वटा मतदान स्थलमा मतदान सुरु हुन बाँकी रहेको जिल्ला निर्वाचन अधिकारी सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लामा आधिकारी दल र स्वतन्त्र गरि प्रतिनिधीसभा तर्फ २८ जना र प्रदेश सभा तर्फ ३८ जना उम्मेदवार रहेका छन् भने २ लाख ६५ हजार ९ सय ६६ मतदाताले मतदान गदैछन् ।












प्रतिक्रिया दिनुहोस