
नारी बाटिका
चितवन – चितवनबाट काठमाडौं फर्किने क्रममा सवारी दुर्घटना हुँदा चर्चित रेडियो कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।चुनावलाई केन्द्रित गरेर आफ्नै घर चितवनको राप्ती ४ डडुवा पुग्नु भएका विश्वकर्मा मंगलबार विहान काठमाडौं फर्कदै हुनुहुन्थ्यो ।
५ः३० बजेको समयमा राप्ती नगरपालिका ६ हर्दीचोक स्थितमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडि उनी सवार बा४ख ४१२ नम्बरको माइक्रोहायस ठोक्किँदा उहाँको मृत्यु भएको हो ।माइक्रोमा सवार चालकसहित ६ जना घाइते भएकोमा विश्वकर्माकाे गाडीमा च्यापिएको अबस्थामा उद्धार गरिएको थियो ।
३५ वर्षका महाबिरलाई ०७: ३७ बजेको समयमा पुरानो मेडिकल कलेजले मृत घोषणा गरेको हो ।गाडीमा सवार अन्य ५ घाइतेको भने पुरानो मेडिकल कलेजमानै उपचार भइरहेकोछ ।
चर्चित कार्यक्रम वहकिने मनका प्रस्तोता उहाँ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्य पनि हुनुहुन्थ्यो । पछिल्लो समय दलितका मुद्दाहरुमा उहाँले सक्रिय भएर काम गरिरहनु भएको थियो ।







प्रतिक्रिया दिनुहोस