
नारी बाटिका
काठमाडौँ — प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं–४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी हुनुभएको छ । कांग्रेसका महामन्त्रीसमेत रहनुभएका थापाले २१ हजार ३ सय २ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गर्नुभएको छ । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गर्नुभएको हो । उहाँको क्षेत्रबाट जम्मा ४५ हजार ५ सय ३ मत खसेको थियो ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गर्नुभएको थियो । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा हुनुहुन्थ्यो । तर ३२ सय मतान्तरले थापाले जित्नुभएको थियो । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाउनुभएको छ ।
०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गर्नुभएको थियो । ०६४ मा थापा समानुपातिक सांसद हुनुहुन्थ्यो ।








प्रतिक्रिया दिनुहोस