
नारी बाटिका
धादिङ– धादिङको प्रतिनिधि सभा क्षेत्र नं २ अन्तरगत प्रदेशसभा १ मा गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका नेता गोविन्द लम्साल विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेद्वार डा. राम कुमार अधिकारीलाई २ हजार ९ सय ९७ मतले पराजित गर्दै लम्साल विजयी हुनुभएको हो ।
लम्साल नेकपा माओवादी केन्द्र र नेकपा एस र नेपाली काँग्रेसका साझा उम्मेद्वार हुनुहुन्थ्यो । अधिकारीलाइ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहेको थियो ।
यो प्रदेशमा खसेको कुल ३८ हजार ३ सय १ मत मध्ये लम्सालले १९ हजार ४ सय १९ मत प्राप्त गर्नुभएको हो । त्यस्तै अधिकारीले १६ हजार ४ सय २२ मत पाउनुभयो । यो प्रदेशमा १ हजार २ सय ६ मत बदर भएको थियो ।
यस प्रदेश सभामा उम्मेद्वार रहेका मंगोल नेशनल अर्गनाइजेशनका शालिकराम थापा मगर (कुखुराको भाले) ले १ हजार १३ मत पाउनुभएको छ । त्यस्तै स्वतन्त्र उम्मेद्वारहरु दयाराम लम्साल र खड्क कुमारी सापकोटाले क्रमशः १ सय ४२ र ९९ मत प्राप्त गर्नुभएको छ ।








प्रतिक्रिया दिनुहोस