
काठमाण्डौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ । चितवन क्षेत्र नम्बर २ बाट उहाँ ४९ हजार २६१ मतसहित निर्वाचित हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । काँग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गर्नुभयो ।
लामिछाने र श्रेष्ठबीचको मतान्तर ३४ हजार १६२ रहेको छ । नेकपा एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मत ल्याउनुभयो । यसअघि २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल निर्वाचित हुनुभएको थियो ।
यसैबीच, निर्वाचित लामिछानेले राजनीतिमा निर्वाचित हुनुभनेको विजयी हुनु नभएको भन्दै परीक्षा दिन सक्षम भएको बताउनुभएको छ ।












प्रतिक्रिया दिनुहोस