आज:  | Thu, 27, Mar, 2025

धादिङ क्षेत्र नम्बर १ मा राजेन्द्र पाण्डे निर्वाचित

८ मंसिर २०७९, बिहीबार २२:१३ मा प्रकाशित ( २ साल अघि) १९१३ पटक पढिएको
नारी बाटिका


धादिङ – धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे निर्वाचित हुनुभएको छ । नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेश सरकारका मुख्यमन्त्री समेत रहनुभएका पाण्डेले नेकपा एमालेका उम्मेदवार भुमि प्रसाद त्रिपाठीलाई सात हजार नौं सय ८१ मत अन्तरले पराजित गराउनु भएको हो ।

प्रारम्भिक मत परिणाम अनुसार पाण्डेले ३५ हजार नौं सय ३४ मत पाए भने एमालेका त्रिपाठीले २७ हजार नौं सय ५३ मत प्राप्त गर्नुभयो ।

एमालेबाट छुट्टिएर नेकपा एसमा लाग्नुपूर्व पाण्डेले यसै क्षेत्रमा एमालेबाट पटक पटक निर्वाचित हुनुभएको थियो । अहिले पराजित हुनुभएका त्रिपाठीले २०७० काे संविधानसभा निर्वाचनमा पाण्डेकाे निर्वाचनकाे कमाण्ड सम्हाल्नुभएको थियो । २०७४ काे निर्वाचनमा भने त्रिपाठी प्रतिनिधिसभामा र पाण्डे प्रदेशसभामा निर्वाचित हुनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस