आज:  | Sun, 19, May, 2024

म हिंसा गर्दिन,म हिंसा सहन्न भन्ने प्रतिवद्धता सहित १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सन्धर्वमा कार्यशाला सम्पन्न ।

२२ मंसिर २०७९, बिहीबार १५:१४ मा प्रकाशित ( १ साल अघि) ५८० पाठक संख्या
नारी बाटिका


धादिङ २०७९ मंसिर २२

म हिंसा गर्दिन,म हिंसा सहन्न भन्ने प्रतिवद्धता सहित १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान सन्धर्वमा कार्यशाला सम्पन्न ।

१६ दिने लैंगिक हिंसा विरुद्धको दिवसीय अभियानको सन्धर्वमा नारी जागरण केन्द्र धादिङ र जिल्ला प्रहरी कार्यलय लैंगिक हिंसा नियन्त्रन्ण संन्जाल धादिङको संयुक्त आयोजनामा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । वुधवार नारी सुरक्षा भवन धादिङ वेशी स्थित संस्थाको कार्यलय रहेको कार्यक्रम हलमा नारी जागरण केन्द्रकी अध्यक्ष एवं् जेष्ठ नागरिक चित्रकुमारी भण्डारीको अध्यक्षतामा भएको, साथै म हिंसा गर्दिन,म हिंसा सहन्न भन्ने व्यानरमा हस्ताक्षर समेत गरी सुरु भएको उक्त कार्यक्रम भव्यताका साथ एक कार्याशाला गोष्ठिको आयोजना गरी सम्पन्न भएको हो । निलकण्ठ नगरपालिकाका प्रमुख मेयर भिम प्रशाद ढुंगानाज्युको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रशाद लम्शालज्यु,निलकण्ठ नगरपालिका उप मेयर दिपक विश्वकर्माज्युको ,विषेश अतिथ्यता रहेको थियो ,

जिल्ला प्रहरी कार्यलयका इन्स्पेक्टर अभय लामा,नेपाल बार एशोसेसनका पुर्व अध्यक्ष एवं् नेपाल मानवधिकार संगठन धादिङका अध्यक्ष कृष्ण राज अधिकारीज्यु,निलकण्ठ नगरपालिकाका सामाजिक शाखाका अधिकृत विजया अर्यालज्यु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी,पत्रकारहरु,नारी जागरण केन्द्रद्धारा गठित नगरपालिका भित्रका महिला समुहका प्रमुख एव्ं प्रतिनिधीहरु,नारी जागरण केन्द्रका कार्यसमिती,नारी बिकास सहकारीका संन्चालक समिती,विभिन्न उप समिती,कर्मचारीहरु,ग्रामिण समुदायका महिलाहरु,जेष्ठ नागरिक गरी ६५ जनाको सहभागिता रहेको थियो । कार्यशालामा मन्तव्य दिनु हुंदै मेयर ढुंगानाले भन्नु भयो, हिंसा महिलालाई मात्रै नभई कतिपय पुरुष हरुमा पनि भईरहेको छ । लैंगिकताकै आधारमा अरु माथी हिंसा गर्नु अपराध हो तर हिजो आज कतिपय महिलाहरु आफुनो मन खुशीले लिभिङ टुगेदरमा बस्ने र केही समयपछी आफुलाई के कुरामा चित्त बुझ्दैन अनि मलाई हिंसा भयो भनेर उजुरी गर्ने चलन बडिरहेको छ यस विषयलाई सम्वन्धित निकायले गहिरेर अनुसन्धान गर्न जरुरी छ ।

त्यसैगरी कार्यक्रमका विषेश अतिथी प्रमुख जिल्ला अधिकारी भन्नु हुन्छ लैंगिकताकै आधारमा कोही कसै माथी हिंसा गर्नु जघन्य अपराध हो हामी सवैले आ आफ्नो ठाउँबाट घर परिवार र समाजमा सचेतना जगायर हिंसालाई निर्मुल पार्नु पर्दछ । त्यसैगरी कार्यक्रमका विषेश अतिथी नगर उप मेयर विश्वकर्मा भन्नु हुन्छ हिंसा त यदातदा पुरुषमा भईरहेको छ तर हाम्रो समाजमा धेरै महिला बालिकाहरु हिंसाको सिकार भईरहेका छन् हामी यस विषयमा गम्भिर छौं सवै मिलेर समाजमा हुने हिंसाको अन्त्य गर्नु पर्दछ । निलकण्ठ नगरपालिकाले महिला बालबालिका तथा यस्ता संवेदनशिल क्षेत्रमा बिषेश चासोको काम गर्ने लक्ष राखेको छ । त्यसैगरी धादिङमा हाल लैगिक ंिहंसाको अवस्था,आ.व.२०७६।०७७,आ.व.०७७।०७८ र आ.व.०७८।०७९ तथ्याङक सहित लैंगिक हिंसा के हो र हिंसा पिडितका न्यायको लागी नेपाल प्रहरीले के कस्ता काम गरिरहेका छन् यदी आफुमाथी यौुनजन्य,शारिरिक,मानसिक हिंसा परेमा उद्धारको लागी कसरी र कहाँ जानकारी गराउनु पर्दछ भन्ने बारेमा महिला सेल धादिङका प्रमुख समेत रहनु भएका लामाले प्रस्तुती करण गर्नु भएको थियो भने व्यक्ति,घर र समाजमा हिंसाका घटना कसरी घट्न सक्छन् हिंसा भएका न्यायका लागी कहाँ सम्पर्क राख्नु पर्छ ,

नारी जागरण केन्द्रले यस क्षेत्रमा के कस्ता काम गरिरहेको छ जस्ता विषयमा संस्थाका कार्यकारी निर्देशक भगवती बाट प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा अन्तर्रराष्ट्रिय धादिङ समाज,नारी बिकास सहकारी संस्था लि.नारी बाटिका डट्कम अनलाई खवर को सहयोगमा सम्पन्न भएको हो ।               

त्यसैगरी कार्यकारी निर्देशक भगवती उप्रेतीले उत्त कार्यक्रमको संन्चालन गर्नु भएको थियो साथै प्रमुुख अतिथी पहिला दिन छुट्नु भएका अतिथीज्यु हरुमा अन्तर्रराष्ट्रिय धादिङ समाजको तर्फबाट धादिङ डायरी र नारी जागरण केन्द्रको तर्फबाट सानु उपहार प्रदान समेत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस