आज:  | Tue, 14, May, 2024

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछी पोखरा वासीमा खुशी छायो ।

१८ पुष २०७९, सोमबार ०९:४५ मा प्रकाशित ( १ साल अघि) २६९ पाठक संख्या
नारी बाटिका


पोखरा, पौष १८
नारी वाटिका समचारदाता ।

नेपालको परेटकिय प्रमुख स्थल मानिने पोखरा सहरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्पाण भई सञ्चालनमा आएपछी पोखरा वासीमा खुशी छाएको छ ।
आईतवार हजारौं जनमासको सहभागितामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन कार्य सम्पन्न भएको छ । पाँच वर्षदेखीको पर्खामा रहेका पोखरेली हरुले सपना पूरा भएको खुसियालीमा अमरसिंह चौरमा भेला भएका विभिन्न संघसंस्थाका प्रमुख एव्ं प्रतिनिधिहरु, पर्यटन व्यवसायी, कलाकार र सर्वसाधारण ब्यानर र झाँकी सहितको रौनकमा विमानस्थल पुगेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक प्रधानपंन्त्रि बन्ने अवशर पाएका ताजा अवस्थामा तेस्रै पकट देशको अन्तर्राष्ट्रिय विमानस्थल शुभारम्भ गर्ने सुनौलो अवशर समेत प्राप्त गर्नु भएको छ  ।
तेस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान मन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने कुरा बताउनु भएको छ ।
मन्त्री पौडेलले विमानस्थलमा आवश्यक पर्ने पूर्वाधार निर्माणका लागि सरकारले पुरा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।
अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सको एयरबस ३२० पनि नमुना उडान स्वरूप दिउँसो पोखराको नयाँ विमानस्थलमा अवतरण गरेको थियो। विमानलाई नागरिक उड्डयन प्राधिकरणले वडो चासोको साथ दोहोरो पानीको फोहोराले स्वागत गर्नुका साथै उद्घाटन समारोहमा हेलिकोप्टरबाट पुष्पवृष्टि गर्दै हट एयर बेलुन उडाइएको रमाईलो दृश्र्य देख्न सकिन्थ्यो  ।

“विकास, समृद्धी र सुशासन आजको आवश्यकता हो”, खन्दै मन्त्री पौडेलले नव निर्मित विमानस्थललाई चितवन, भैरहवालगायतका गन्तव्यसँग जोड्नु पर्ने पनि बताउनु भएको छ ।

विमानस्थल उद्घाटनका लागि बुद्ध एयरको एटीआर विमानमा पोखरा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल अवतरण गरेको ४५ मिनेटपछि हिमालयको जहाज पोखरा अवतरण भएको थियो । उक्त विमानलाई पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले स्वागत गरेका थिए । उक्त विमान चिनियाँ कप्तान तथा हिमालयका सञ्चालक उपाध्यक्ष क्याप्टेन हाओ डीको नेतृत्वको चालक दलका आरपी प्रधान र पीबी श्रेष्ठले पोखरा पुर्‍याएका थिए । बिना यात्रु काठमाडौंबाट उडेको विमान ३ः४५ बजे रित्तै अवस्थामा काठमाडौं तर्फ फर्किएको थियो । पूर्ण यान्त्रिक विधिमा आधारित उडान सेवा सुरु भइ नसकेकाले हिमालयको जहाज उडान हेरेर गरिने भीएफआर० विधिका साथ डेमो उडानमा गएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस