आज:  | Wed, 01, May, 2024

सबैको चासो नयाँ राष्ट्रपति को आउलान् भन्नेमा । 

२० पुष २०७९, बुधबार १५:१६ मा प्रकाशित ( १ साल अघि) ३५१ पाठक संख्या
नारी बाटिका


पुस २०, २०७९
काठमाडौँ — सात दलिय गठवन्धनमा नयाँ सरकारको निर्माण संगै यतिवेला नेपालको राष्ट्रपतीको बाजी कस्ले मार्ला भन्ने सर्वस्त्र चासो बडीरहेको छ । नेपाली काँगे्रस लगायत अन्य पाँच दलबिच गठवन्धन गरी विगतमा पनि सत्तामा सहभागी हुदै आईरहेको नेकपा माओवादी केन्द्र मंसिर ४ को निर्वावाचनको परिणाम पछी काँगे्रसको साथ टुटाई एकै क्षणमा एमाले अध्यक्ष केपी शर्मा वली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बिच चमत्कारी रुपमा बाल्कोटको बार्ददली बाट दुई नेताले हात हल्लाउदै एमाले संग नयाँ नाता गाँस्न पुगेका थिए । २०७९ मंसिर ४ को निर्वाचनमा प्रत्यक्ष तर्फ सवै भन्दा ठुलो दल बन्न सफल नेपाली काग्रेसले दाहालबाट धोका खाए वा पार्टी सभापती तथा पुर्व प्रधानमन्त्रि शेर वहादुर देउवासंग सत्ताको प्रमुख पद प्रधानमंन्त्रिकै विषण्मा हिसाव किताव नमिले पछी कागे्रस सरकारमा जान सकेन । े एमाले लगायत साना टुक्रे दलहरु मिलीजुलीको सात दलिय गठवन्धमा नयाँ समिकरण त बन्न पुग्यो नै तर देशको मुख्य राष्ट्रपतीको कुर्चीको बाजी भने कस्ले मार्ने हो भन्नेमा जनमासमा विषेश चासो र चर्चा बढ्दै गएको छ । नेकपा एमाले वर्तमान गठवन्धनको दल मध्यको पहिलो दल भएको कारण देशको प्रमुख पद राष्ट्रपती पनि एमाले कै बन्ने पक्का पक्की नै छ । तर अहिले सम्म को हुने हो टुंगो लागि सकेको छैन । उपराष्ट्रपतिमा माओवादी केन्द्रको मुख्य दाबी छ । तर यसमा जनता समाजवादी पार्टीले पनि आकांक्षा देखाई रहेको छ ।
सांसद मध्ये नेम्वाङ मुख्य दाबेदार देखिएका छन् भने उनी राष्ट्रपती हुदा पार्टीको एक सिट घट्ने छ तर्क पनि राखिरहेका छन् । एकथरी नेताले पोखरेलको नाम लिएका छन् भने अर्का थरीले भने पार्टीमा त्याग गरेका शाक्यलाई अवशर दिनुपर्ने बताईरहेका छन् ।
उपराष्ट्रपतिमा माओवादीबाट कृष्ण बहादुर महरा, एनके प्रसाईं, जयपुरी घर्ती, ओनसरी घर्ती र दीना नाथ शर्माको दाबी रहेको छ ।
रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर उप निर्वाचनबाट आफू चुनिने जसपा अध्यक्षको रणनीति बनिरहेको छ ।
अहिले भैरहेका राष्ट्रपति विध्यादेवी भण्डारीलाई एमालेले नै सात वर्ष अघि शीतल निवास पठाएको हो । दुई पटक मात्र राष्ट्रपति हुन मिल्ने संवैधानिक व्यवस्था रहेको कारण निरन्तर रहने सम्भावना रहेन । एमाले अध्यक्ष ओलीले अबको राष्ट्रपतिका उम्मेदवारका बारेमा मुख खोल्नु भएको छैन । उहाँले आफु निकट नेताहलाई समेत यसको जानकारी दिनु भएको छैन। एमालेमा आकांक्षी नेताहरुको भने निकै डौडधुप चलिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस