आज:  | Fri, 26, Apr, 2024

एमाले(माओवादीको सत्ता साझेदारी निरन्तरतामा आसंका ।

२८ पुष २०७९, बिहीबार २०:१५ मा प्रकाशित ( १ साल अघि) २१० पाठक संख्या
नारी बाटिका



काठमाण्डौ, पुस २८
प्रतिनिधिसभाबाट विश्वासको मत पाएको भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुग्नु भएको छ।कांग्रेसले विश्वासको मत दिएपछि माओवादी सँग पुस १० मा भएको समझदारी कार्यान्वयन नहुने हो कि भन्ने एमाले पार्टीमा आसंका उत्पन्न भईरहेको बेला दाहाल र ओलीबीच बुधबार भेटवार्ता भएको हो ।बालकोटमा ओली–दाहाल एक्ला एक्लै भेट गर्नुले पनि पार्टीका अन्य नेताहरुलाई भने केही आसंका उत्पन्न भएको बुझिएको छ । विगतमा पनि यि दुई नेताहरुको स सल्लाहमा पार्टी एकिकरण गरी दुई नेता मिली एकिकृत नेकपा बनेको पार्टी भित्र दुई अध्यक्षका समझदारी गरी ठुलै दल भई सत्ता साँझेदार भएको थियो । तर त्यो पार्टी एकिकरण भएको केही समय वित्न नपाउदै यिनी दुई नेताकै मन नमिलेर एमाले सत्ताबाट बाहिरिन परेको थियो भने समाजवादी पार्टी,माओवादी केन्द्र लगायत अन्य ३ दलहरुको सहभागीतामा पाँचदलिय समिकरणमा सरकार बनेका थिए । एमाले अध्यक्ष केपी शर्मा वली र माओवादी अध्यक्ष एव्ं वर्तमान प्रधानमंन्त्रि समेत रहेका पुष्पकमल दाहाल प्रचण्डबिच तुरुन्तै जुट्ने र तुरुन्तै सम्वन्ध टुट्ने खालको यस अघि पनि हुने गरेकोले व्यवहारिक रुपमा दुवैको सम्झौता कार्यन्वयन गर्नमा भने संकट पर्ने गरेकोले यस पटकको समझदारीमा बनेको गठवन्धनको सरकार बनेको छ । पुष्पकमल दाहालको चहाना बमोजिम दाहालकै नेतृत्वमा सरकार निर्माण गर्ने अवशर एमाले अध्यक्ष केपी शर्मा वलीले जुटाईदिनु भएको थियो । तर प्रधानमंन्त्रि बनेको १६ औं दिनमा संसदबाट असाधारण रुपमा प्रतिपक्ष नेपाली काँगे्रसको समेत विश्वासको मत पाएका प्रचण्डले प्रधानमन्त्री दाहालले यस सातदलिय गठवन्धनलाई तोडेर कतै जालझेल त गर्ने होईनन् भन्नेमा एमाले भित्र आसंका उत्पन्न भएको छ । तथापी माओवादी पार्टी तथा दाहाल संगको प्रतिबद्धतामा दोधारे अवस्था हुदा हुदै पनि सत्ता साझेदार दलले मन्त्रालय बाँडफाँट गर्ने विषयमा अन्तिम रुप दिनको लागी बैठक वसी सहमती गरिएको छ । दुई घण्टा एक्ला एक्लै भएको भेट वार्तामा समझदारीको पालना गर्ने,सत्ता गठबन्धनलाई बलियो बनाउने विषयमा केन्द्रित भएको स्रोतले जनाएको छ ।
एमालेले राष्ट्रपति र सभामुख तथा माओवादीले प्रधानमन्त्री लिने समझदारीअनुसार माओवादी अध्यक्ष दाहाल पुस १० मा प्रधानमन्त्री नियुक्त हुनु भएको थियो । उनलाई प्रतिपक्ष दल कांग्रेसले समेत विश्वासको मत दिएको छ । राष्ट्रपति पदमा माओवादीको समर्थन पाउने अपेक्षा राखेर कांग्रेसले विश्वासको मत दिएको अड्कलबाजी चलिरहेको छ । यही आशंका मेटाउनका लागी नै बुधबार शीर्ष दुई नेताले भेटवार्ता गरेको स्रोतको भनाइ छ । यस्तै उक्त भेटवार्तामा एमालेले राष्ट्रपति पूरा कार्यकाल लिने तथा प्रधानमन्त्री र सभामुख पदमा माओवादीसँग आलोपालो गर्ने विषयमा सहमती भएको बुझिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस