आज:  | Wed, 24, Apr, 2024

राष्ट्रिय सहमति गराई राष्ट्रपतीको निर्वाचन गर्ने ः प्रधानमन्त्री

६ माघ २०७९, शुक्रबार ०८:३९ मा प्रकाशित ( १ साल अघि) १२८ पाठक संख्या
नारी बाटिका


राष्ट्रिय सहमति  गराई राष्ट्रपतीको निर्वाचन गर्ने ः  प्रधानमन्त्री

राष्ट्रिय सहमति गराई राष्ट्रपतीको निर्वाचन गर्ने ः प्रधानमन्त्री

काठमाण्डौ— माघ ६ सुक्रवार

राष्ट्रिय सहमति गराई राष्ट्रपतीको निर्वाचन गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ।

बिहीबार सभामुख निर्वाचन सम्पन्न भएपछि सञ्चारकर्मी हरूसंग कुरा गर्दै, प्रधानमन्त्री प्रचण्डले कसलाई राष्ट्रपती बनाउने भनेर निर्णय लिने समय बाँकी रहेको भन्दै राष्ट्रपतिबारे समझदारी गर्ने प्रयास जारी राख्ेको बताउनु भएको हो ।

थप्दै भन्नु भयो सत्ता साझेदार र आफूलााई प्रधानमन्त्रीमा विश्वासको मत दिएर सहयोग गरेका दलहरुबिच सकेसम्म राष्ट्रपतिका बारेमा समझदारी बनाउन कोसिस गरिरहेको पनि बताउनु भयो । त्येस्तै उप सभामुखको निर्वाचनमा पनि विहिवारकै प्रक्रिया अनुसार सत्ता गठबन्धन अगाडि बढ्ने विश्वास लिएको वताउनु भएको छ ।

दाहाल भन्नु हुन्छ, हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै समझदारी बनिदिए हुने थियो भन्नेमा भरपुर कोसिस छु। हामी त्यो कोसिस जारी राख्छौँ।’

आजको सभामुखको निर्वाचनमा पनि सत्तासाझेदार दलहरू सबै एक ठाउँमा उभिएर सहमती अनुसार नै एमालेका घिमिरे लाई सभामुखमा चयन गरेको हो भन्नु भयो। सत्तासाझेदार दलहरू एक ठाउँमा उभिएकाले बहुमतले सभामुख निर्वाचित भएको हो त्यसैगरी राष्ट्रपती र उपसभामुख चयनमा पनि राष्ट्रिय सहमती गरी अघी बढ्ने प्रतिक्रिया दिनु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस